गजल
मुटुहुन्छ छातीभित्रै लुक्यो नभन्नु है
धड्किँदा म हरेक प्रहर दुख्यो नभन्नु है
टुट्ने अनी जुट्ने कुरा त्यती सस्तो कहाँ
कसिएको गाँठो त्यसै फुक्यो नभन्नु है
सम्हालीइ आउँदैथिएँ कठिन यात्रा थियो
उ हारेर बीच बाटैमा रुक्यो नभन्नु है
प्रयास मैले गर्दैथिएँ आँखा छोपीदियौ
अब उल्टै निशानामा चुक्यो नभन्नु है
सोच्दैछु म मर्यो किन माया कोपिलामै
जरा गोडी खडेरीले सुक्यो नभन्नु है
nice gazal