वेष्ट इण्डिज ए विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल



काठमाडौं । वेष्ट इण्डिज ए विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ।

यद्यपि नेपालले वेष्ट इण्डिज ए विरुद्ध पाँच खेलको टी २० ३–१ ले गुमाइसकेको छ।

श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय हात पार्‍यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा २८ रनले पराजित हुँदै नेपालले वेष्ट इण्डिजलाई सिरिज सुम्पिएको हो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी २० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ। विश्वकपमा नेपाल समूह डी समूहमा छ। यहाँ दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ६ : २९ बजे

युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रमा स्थलगत अनुगमन

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने

घट्यो पेट्रोलको मूल्य, लिटरको कति ?

नेपाल आयल निगमले पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेलरमट्टितेलमा १र१

ताप्लेजुङमा सम्पन्न भयो सुर्तीजन्य पदार्थ सेवनको न्यूनिकरण सम्बन्धी सञ्चार सचेतना कार्यक्रम 

ताप्लेजुङ । सुर्तीजन्य पदार्थ सेवन तथा मद्यपान सेवनको न्यूनिकरण सम्बन्धी

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको

दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक कञ्चनजङ्घा पुगे

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा