जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्वारा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न



रेडियो काबेली
ताप्लेजुङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागू औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कारागार ताप्लेजुङको समन्वयमा मंगलबार फुङलिङ नगरपालिका वडा नं. ५ स्थित कारागार कार्यालयमा रहेको ४ जना लागू औषध मुद्दाका कसुरदार सहित १५० जना कैदीलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले लागू औषध तथा कसुर पुनरावृत्ति हुन नदिन र समाजमा पुनस्थापनाका लागि सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिनुभएको हो । जिल्ला कारागारका प्रमुख कुलेन्द्र खवासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पछिल्लो समय लागू औषध प्रयोगकर्ता बढ्दो क्रममा रहेकाले यस विषयलाई गम्भिर रुपमा लिएर सचेतना फैलाउनु आवश्यक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : ०३ बजे

 पाथीभरा क्याम्पसमा राजकुमार गुरुङ अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी

 आठराई त्रिवेणीमा ७ दिने उद्घोषण तथा भाषणकला तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङ्पामा आइतबारबाट ७ दिने

मिक्वाखोलाले सुरु गर्‍यो आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धी सुझाब संकलन कार्यक्रम 

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम

माओवादी केन्द्र ताप्लेजुङ –काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित साँबा निर्वाचित

काठमाडौँ । माओवादी केन्द्र ताप्लेजुङ –काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा

ताप्लेजुङ लिग : ‘ए ’ डिभिजनको उपाधि प्रगतिशील युवा क्लब लिङ्तेपलाई

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालन भएको जिल्ला लिग अन्तर्गत ‘ए’ डिभिजन