छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी



न्युज अफ नेपाल, काठमाडौं ।

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

पछिल्लो समय सम्बन्धमा खटपट देखिएपछि उनीहरुको विवाद चुलिएको थियो ।

बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्