सल्यानमा ५५ वर्षीय एक व्यक्तिले दिए एसइइ



सरिता चलाउने, सल्यान ।
सल्यानमा आईतबार बाट सुरु भएको माध्यामीक तहको एसइइ परिक्षामा ५५ बर्षका एक ब्यक्तीले एसइइ परिक्षा दिएका छन । जिल्लाको शारदा क्याम्पस शंखमुल बिद्यालय केन्द्र बाट ५५ बर्षका बुद्धिराज बस्नेतले एसइइ परिक्षा दिएका हुन । पढाई र सिकाईलाई उमेरले छेक्दैन भन्ने उदारण दिदै उनि मर्यादित तरीकाले परिक्षामा सहभागी भएर एसइइ परिक्षा दिएका छन ।

जिल्लाको त्रिबेणी गाउँपालीकाको त्रिबेणी माध्यामीक बिद्यालय सरिकोट फलाबाङमा अध्यानरत गरी ५५ बर्षिय बस्नेतले परिक्षा केन्द्र शारदा क्याम्पस शंखमुल बिद्यालय बाट एसइइ परिक्षा दिएको केन्द्राध्यक्ष जेबि बुढाथोकीले जानकारी दिएका छन ।

उनि परिक्षामा बिदलयको ड्रेस सहित उपस्थीत भएका छन । कृषक पेशामा आबद्ध रहेका ५५ बर्षिय बस्नेत त्रिबेणी माबिमा भर्ना भएर कक्षा ८ बाट पढाई सुरु गरेका थिए । ३ बर्ष देखि लगातार बिद्यालमा आउने गरेका उनि अहिले एसइइमा पनि सहभागी भएका हुन । धनसम्पति बाडेर बाडन सकिन्छ, तर शिक्षा बाडेर बाडन नसकिदो रहेछ ५५ बर्षिय बुद्धिराजको भनाई रहेको छ । ३ छोरी र १ छोरा भएका बस्नेतले सबै छोराछोरीले एसइइ दिएर पनि बिवाह गरिसकेको बताए ।

हजुर बुवा भैसकेको छु, छोराछोरीलाई पढाए, पहिले जमानमा पढन पाएन उनले भने, हरेक कुरा बाडेर बाडन सकिन्छ तर पढाई बाडेर बाडन नसकिदो रहेछ, त्यसैले म बुढो भएपनि पढेर केही गर्छु भन्ने उदेश्य लिएको छु । केही ८ कक्षा बाट नै नियमित बिद्यालय आउने गरेका बुद्धिराजको कक्षामा बस्दा सधै सोच सकारात्म भएको त्रिबेणी माबिका प्रधानाध्यापक देब बहादुर श्रेष्ठले बताए । कृर्षि पेशामा आबद्ध रहेको उनि साझ बिहान घरको काम गरेर नियमीत कक्षामा उपस्थित हुने गरेको पअ श्रेष्ठले बताए । पढेर आफुले केही राम्रा काम समेत गर्ने उनले बताए । उनि ईसाई धर्मका गुरु समेत रहेको बताएका छन ।

शान्तिपुर्ण र मर्यादित तरीकाले एसइइ परिक्षा सम्पन्न
यसैबिच सल्यानमा शान्तिपुर्ण र मर्यादित तरीकाले एसईइ परिक्षा सम्पन्न भएको छ । बिहान ८ बजे दखि ११ बजे सम्म संचालन भएको परिक्षा शान्तिपुर्ण र मर्यादित तरीकाले सम्पन्न भएको हो । परिक्षालाई मर्यादित बनाउनको लागी बिद्यालयहरुमा सिसि क्यामरा समेत जडान गरिएको छ । यो वर्ष एसर्ईइ परिक्षामा जिल्लाबाट ४ हजार ५ सय ४९ जना परिक्षार्थीले सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानले जनाएको छ ।

यहाँका २३ वटा परिक्षा केन्द्रबाट नियमीत तर्फ छात्र १ हजार ९ सय ८५, छात्रा २ हजार ३ सय ८९ जना गरी ४ हजार ३ सय ७४ जना परिक्षार्थिले परिक्षामा भाग लिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लिलाधर ववालले बताए । ग्रेडवृद्धि तर्फ छात्र ८४ र छात्रा ९१ जना गरी १७५ जना परिक्षार्थि परिक्षामा सहभागी भएका छन् ।

२० परिक्षार्थी अयोग्य
यस बर्ष जिल्लामा २० जना परिक्षार्थिले एसइइ दिन अयोग्य भएका छन । र्फम भरेर पनि बिद्यालय नियमित नआएका २० जना परिक्षार्थी एसइइ दिन अयोग्य भएका छन् । प्राबिधिक धार तर्फ जिल्लाका २ बिद्यालय बाट ९१ जना तथा खुला बिद्यालय बाट ४० जना विद्यार्थी परिक्षामा सहभागी भएका छन ।

यो बर्ष ग्रेडबृद्धि समुहका सम्पुर्ण बिद्यालयहरुको परिक्षा केन्द्र श्री त्रिभुवन जनता माबि भोटेचौरमा कायम गरिएको प्रमुख ववाललको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्