काठमाडौं । भावी प्रधानन्यायाधीश सिफारिसका लागि आज (सोमबार) बसेको बैठकमा चोलेन्द्र शमशेर राणा वा दीपकराज जोशी कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति हुन नसकेपछि संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । अर्को बैठक मंसिर २२ गते बस्ने भएको छ । न्याय परिषद्ले जोशीलाई पहिलो नम्बर र राणालाई २ नम्बरमा राखेर परिषद्मा पठाएको थियो ।
न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्ती सिफारिस गर्न २ जनाको नाम संवैधानिक परिषदमा पठाएको थियो। केही समयअघि न्यायपरिषद् सचिवालयले दीपकराज जोशी र अर्का न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख पठाएको हो। पुस १६ देखि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकास पाउँदैछन्।
उनले अवकास पाउनुभन्दा १ महिनाअघि नै संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा उल्लेख छ। संविधानले परिकल्पना गरेका मधेसी, थारू, समावेशी आयोगसम्बन्धी कानुन निर्माण भएको लामो समय भए पनि नियुक्ती हुन सकेका छैनन्।