होन्डामा ५० लाख जित्न सक्ने अफर



काठमाडौं, (नेस)
नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा ५० वर्ष पँरा गरेको उत्सवमा दशैं तथा तिहार स्किम ‘सम्बन्ध सपनाहरुको’ ल्याएको छ । उत्सवको यस अवसरमा विगतका वर्षहरु झैं यो वर्ष पनि होन्डाले ग्राहकहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको हो ।

यस स्किमको समय अविधि भर होन्डाका ग्राहकले होन्डाको कुनै पनि बाइक, स्कुटर र कारको खरिदमा आकर्षक नगद उपहारका साथै अन्य सुविधा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले होन्डा मोटरसाइकलको खरिदमा स्त्र्mयाच कुपनमार्पmत १ लाखसम्मको नगद छुट, ५ वर्ष फ्रि सर्भिसिङका साथै ५ वर्षको लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

होन्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नुहुनेछ भने होण्डा कारको खरिदमा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क रोड ट्याक्स तथा १ वर्षको कम्प्रिह्यान्सिभ इन्स्योरेन्स प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनको लागि होन्डाको कुनै पनि खरिदमा ग्राहकले एउटा फर्म प्राप्त गर्न सक्नुहुनेछन् । उक्त फर्मबाट ५० जना भाग्यशाली विजेताले आफ्नो वीस्स लाई फेसबुकमार्फत सेयर गर्ने अवसर प्राप्त गर्नुहुनेछ र सबै भन्दा बढी लाइक प्राप्त गर्ने भाग्यशाली विजेताले ५० लाख रुपियाँ जित्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्