"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

प्रकाशित मिति :  २१ बैशाख २०७९, बुधबार १०:५०


पोखरा । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।
केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।
केवलकारमा यात्रा गर्नुहुने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ ।
केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ«ेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहनुहुने पर्यटकको लागि यो सुविधा प्रदान गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका

खेतका गह्राभरी हरियो धनियाँ छ। एउटा गह्रामा धनियाँ उखेलेर साना साना मुठा पार्दै थिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी। उनले

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् । संघीय संसद्मा बजेट पेश गर्दै