"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाले नारायणगढदेखि बुटवलसम्म हिँडेरै दबाब यात्रा गर्दै

प्रकाशित मिति :  ६ पुष २०८०, शुक्रबार १२:१०


नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्रा सुरू गर्ने भएको छ। पुस ९ गतेदेखि गैंडाकोटबाट दबाब यात्रा सुरू गर्ने रास्वपाले बताएको छ। रास्वपाले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने बताएको छ। यस्तै, सडक आसपासका स्थानीयसँग पनि रास्वपाले अन्तर्क्रिया गर्ने जनाएको छ। 

नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर हिँडेर नै रास्वपाले दबाब यात्रा गर्ने जनाएको छ। यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। यस्तै, सांसदहरू निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुने र सर्वसाधारणलाई पनि यात्रामा सहभागी हुन आह्वान गर्ने रास्वपाले जनाएको छ।

विसं २०७५ माघ २४ मा सम्झौता भएर ४२ महिनाभित्र एक सय १४ किलोमिटर सडक विस्तार सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकको पूर्व खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्छ। सम्झौता भएको मितिले दुई महिनापछि विसं २०७५ चैत ८ गतदेखि सडक विस्तारको कामको सुरूआत भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा राख्न लेखि पठाएका विभिन्न निर्माण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन् ।  बुधबार काठमाडौंमा आयोजित ७१औं

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् । संघीय संसद्मा बजेट पेश गर्दै