"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुहाङलाई मत दिन ओलीको आह्वान

प्रकाशित मिति :  ५ बैशाख २०८१, बुधबार २२:२२


इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गरेका छन्। बुधबार इलामको मंगलवारे बजारमा आयोजित चुनावी सभामा उनले देश बनाउने संकल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले जिताउनुपर्ने बताए।

अध्यक्ष ओलीले देश बनाउने योजना, गन्तव्य र उद्देश्य सुहाङसँग रहेको र त्यसलाई साकार पार्ने एमाले पार्टी भएको जिकिर पनि गरे। सुहाङले इलाम बनाउने अवसरको रूपमा सांसद पदलाई उपयोग गर्न चाहेकाले पनि इलामेली जनताले मतदान गरेर निर्वाचनमा अत्याधिक मतका साथ विजयी गराउनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले अन्य दलका उम्मेदवारमा देश बनाउने योजना र संकल्प दुवै नभएको दावीसमेत गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने बताएका छन् । सोमबार विश्वासको मत मागिसकेपछि

काठमाडौँ । प्रधानमन्त्री नियुक्त भएको १८ महिनामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि विश्वास घट्दै गएको छ। सोमबार चौथोपटक विश्वासको मत पाएका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी-स्टेटमा जसरी सट्टा भर्ना गर्न १०१ कम्पनीले निवेदन दिएको भन्दै उनले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत लिन लागेका छन्