"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान दिवसका अवसरमा ३ दिनसम्म कार्यक्रम गर्ने सरकारको निणर्य

प्रकाशित मिति :  १७ भाद्र २०८०, आईतवार १४:४४


काठमाडौं । सरकारले यस वर्ष तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले बैठकले असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय गरिएको छ । असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन्।

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत,

काठमाडौँ । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण

काठमाडौँ । प्रतिनिधिसभाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट सुरक्षण मुद्रण विधेयक पारित भएको सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी