"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्यव्यवस्था समितिमा २१ सदस्य रहने व्यवस्था

प्रकाशित मिति :  २२ चैत्र २०७९, बुधबार १५:४४


काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा २१ जना सदस्य रहने भएका छन् । प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरुको प्रतिनिधित्व हुनेछ । सांसदहरुको प्रतिनिधित्व दलीय आधारमा हुनेछ । जसको संख्या बुधबार किटान गरिएको छ ।

बुधबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक तथा दलका सदस्यहरुको प्रतिनिधिबीचको छलफलमा भएको सहमति अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादी केन्द्रबाट २ जना सदस्य रहनेछन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सांसद पनि कार्यव्यवस्था परामर्श समितिमा रहनेछन् । तीबाहेक अन्य दल तथा स्वतन्त्र सांसदको तर्फबाट १ जना सदस्य रहनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत,

काठमाडौँ । प्रतिनिधिसभाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट सुरक्षण मुद्रण विधेयक पारित भएको सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवस, २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका