काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरुलाई शनिवार बिहान शीतलनिवासमा आमन्त्रण गर्नुभएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरू पनि काठमाडौंमै छन् । उनीहरु समेतलाई राष्ट्रपति पौडेलले धन्यवाद दिन शीतलनिवास बोलाउनुभएको हो ।
राष्ट्रपति पौडेलले सांसदसंगै राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि आमन्त्रण गर्नुभएको छ । लोकतान्त्रिक समाजवादीका सांसद रामप्रकाश चौधरीले आफूलाई राष्ट्रपति पौडेलले शितलनिवासमा आमन्त्रण गरेको जानकारी दिए ।