जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १३:०७

आकाशमा दुई घण्टासम्म १० फन्को मारेको जहाज आज बिहानैबाट सञ्चालन


काठमाडौं, असोज १२ । हिजो बिहान काठमाडौंको आकाशमा दुई घण्टासम्म फनफनी घुमेको बुद्ध एयरको जहाज आज बिहानैबाट सञ्चालनमा आएको छ । बुद्ध एयरको ढल्(ब्ल्क्ष् जहाजमा गडबडी नभएको पुष्टि भएपछि आज बिहानैबाट सञ्चालनमा आएको हो ।

उक्त जहाज अवतरण भएपछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डययन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका थिए । निरीक्षणपछि जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको बुद्ध एयरको प्राविधिक टोलीले जनाएको छ ।
उक्त विमान हिजो बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।

विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेका कारण केही बेर समस्या आएको विमानस्थल स्रोतले बताएको छ । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार रहेका थिए । १० पटक काठमाडौंको आकाशमा फन्को लगाएको उक्त विमान सकुसल अवतरण गरेको थियो ।