जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार १६:५२

अन्डरवर्ल्ड डन छोटा राजनको कोरोनाबाट मृत्यु


काठमाडौं, २४ बैशाख ।भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले शुक्रबार मृत्यु भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यतित गरिरहेका थिए । २०१८ को मे २ तारिखमा पत्रकार हत्यामा दोषी पाइएका राजनलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो । मुम्बइमा भएका चर्चित घटनाहरुमा उनी जिम्मेवार मानिन्छन् ।