जनता टाइम्स

२६ पुष २०७६, शनिबार ०७:०७

व्यापारका क्रममा भएका सामान्य प्रक्रियागत त्रुटीकै आधारमा दण्डित गर्ने मनसायमा सरकार छैन : अर्थमन्त्री


वीरगञ्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको अर्थ नीतिबाट उद्यमी, व्यापारी डराउन आवश्यक नरहेको बताउनु भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४४औँ वार्षिक साधारसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सो धारणा राख्नुभएको हो ।

सरकारको अर्थ नीतिकै कारण ब्याजदर कम हुँदै जानुको साथै व्यापार घाटासमेत घट्दै गएको जानकारी पनि उहाँले दिनुभयो । व्यापारका क्रममा भएका सामान्य प्रक्रियागत त्रुटीकै आधारमा सरकार दण्डित गर्ने मनसायमा नभएको स्पष्ट पार्नुभयो । व्यापारका क्रममा भएका सामान्य प्रक्रियागत त्रुटीकै आधारमा सरकार दण्डित गर्ने मनसायमा सरकार छैन, अर्थमन्त्री खतिवडाको भनाई थियो ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय अर्थतन्त्रलाई आघात पुर्याउने, राजश्व चुहावट तथा अवैधानिक व्यापार गर्नेलाई कानूनको दायरामा ल्याईछाड्ने नीतिलाई भने कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभयो ।