अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको २० औँ वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको २० औँ वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित


काठमाडौं- काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजले आफ्नो २० औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कलेजले दुई दशकमा शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंशा गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठले यस कलेजमा अध्ययन गरेका अधिर्काश विद्यार्थीले आफूले रोजेको क्षेत्रमा रोजगारी पाउन सकेको बताउभयो ।

कार्यक्रममा कलेजका अध्यक्ष युवराज शर्माले कलेजले शिक्षा क्षेत्रमा गरेको योगदान र दुई दशकका उतार चढावका बारेमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा कक्षा १२ मा विभिन्न संकायबाट उत्कृष्टता हासिल गरेका सात विद्यार्थीलाई सम्मान गरिएको थियो ।

पशुपतीमा लगिने शवको व्यवस्थापन गरेर बीबीसीको टप हन्ड्रेड इन्फूलेनिसयल वुमेन अवार्ड प्राप्त गर्नुभएकी सपना रोका मगरलाई पनि सम्मान गरिएको थियो । मगर सोही कलेजको कक्षा ११ मा अध्ययनरत पनि हुनुहुन्छ । कार्यक्रममा डा. नविन शर्माले प्रेरणादायी भनाइ राख्नुभएको थियो ।

राष्ट्रिय सभा गृहमा भएको सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।