अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जनजीवनमा नदेखिने परिवर्तनको अर्थ छैन’

‘जनजीवनमा नदेखिने परिवर्तनको अर्थ छैन’


मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको जीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधनगर्दै मुख्यमन्त्री पौडेलले व्यवस्था बदलिने तर जनताको अवस्था नबदलिने विगतको नजिरलाई बदल्दा मात्र उज्यालो भविष्यको निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

‘हामी आफैँले आफ्नो पौरखको जगमा यो देशलाई बनाउनुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्नुपर्छ,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले स्रोत र साधनमा नेपाल समृद्ध रहेको तथा दुई ठूला राष्ट्रबीच रहेको देशको भूराजनीतिक संवेदनशीलतासँगै अवसर पनि उत्तिकै रहेको बताउनुभयो ।

मुख्यमन्त्र िपौडेलले सम्भावना हुँदाहुँदै पनि लामो समयदेखि देशका हजारौँ युवा विदेश पलायन हुने क्रम नरोकिएको उल्लेख गर्नुभयो । ‘सूचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनिया तिव्रतर गतिमा अघि बढेको छ । मानिसका जीवन दिन प्रतिदिन सरल र सहज बन्दै गइरहेका छन् तर नेपाली जनताको जीवन उस्तै कष्टप्रद हुनु आजको शताब्दी सुहाउँदो कुरा होइन,’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले जनताले सुम्पिएको महत्वपूर्ण अभिभारा अनुसार सरकारले थुप्रै काम गरेको दाबी गर्नुभयो । उहाँले विश्वमञ्चमा सार्वभौम देशको हैसियतमा बलियोसँग उपस्थित हुने अवस्था निर्माण भएको बताउनुयो । सानो देशका गरिब जनता भन्ने हीन भावनाबाट मुक्ति मिलेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले भूगोल सानोठूलो होला, स्वाधिनता र स्वाभिमान समान हुन्छ भन्ने मान्यता स्थापित भएको तर्क थियो ।

उहाँले प्रजातन्त्रको यही मूलभूत मान्यताभित्र रहेर सङ्घीय सरकारले ताजा जनादेशको लागि प्रतिनिधिसभाको नयाँ निर्वाचनको घोषणा गरेको बताउनुभयो ।