स्याङ्जाको फेदीखोलामा एक युवक मृत भेटिए
प्रकाशित मिति : 16 April, 2024 12:09 pm
स्याङ्जा । काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फेदीखोला गाउँपालिका वडा नम्बर २ मिरडाँडा बस्ने बस्ने ३० वर्षीय अनिल भुजेल मृत अवस्थामा फेला परेका हुन् ।
उनी सिद्धेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा आइतबार मृत अवस्थामा परेका जनाइएकाे छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।