विक्की र म बीचमा कुनै सम्बन्ध छैन: सुरभी



श्यामसुन्दर गिरी, ठूलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘समय’बाट रजतपटमा सुनौलो सपना र कुशल नायक नायिका बन्छु भनेर नव कलाकारको भिडमा उदाएका थिए विक्की मल्ल र सुरभी जैन बिष्ट । त्यसै अनुरुप चलचित्र रिलीजको समयमा यि दुईको जोडीले मिडियामा व्यापक स्थान पाए । यि दुईको सम्बन्धका बारेमा चलचित्र बजार चलचित्र भन्दा पनि बढी चर्चामा आयो । यसरी यि दुईको जोडीले दिन प्रतिदिन उग्ररुप लिँदै गयो र यिनकै कारणले चलचित्रले केही हद सम्म व्यापार पनि गर्यो  तर चलचित्र उत्रे सँगै यि दुईको सम्बन्धमा पनि पूर्ण बिराम लागेको अनुमान गर्न सकिन्छ ।

ठुलोपर्दा डटकमसँग कुरा गर्दै नव-बनायिका सुरभी जैन बिष्टले त्यती बेला पनि मिडियाले गलत प्रचार गरेको भन्दै विक्की र आफूबीच कुनै सम्बन्ध नभएको जिकिर गरेकी छिन् । यदी यस्तो हो भने सुरभीले उती बेला किन मुख खोलिनन् त ? यसकारण बुझ्न सकिन्छ कि अहिले यि दुईको सम्बन्धमा चिसो पसेको छ । त्यती बेला चलचित्र चलाउन मिडिया हाईट लिनकै लागि यस किसिमको स्क्याण्डल रचिएकै हो त ? हुन त नेपाली चलचित्र उद्योगमा चलचित्र चलाऊन र मिडिया हाइट लिनका लागि अपनाइने यो खाले बिधी कुनै नौलो होईन । कुराकानीकै क्रममा उनले भनेकी छिन् “मेरो व्यायफ्रेण्ड नै छैन यदी भए पनि मिडिया र कलाकारिता क्षेत्र बाहिरको हुनेछ । बरु सामान्य जागिर खाने किन नहोस् त्यो सामान्य व्याक्ति नै मेरो ब्याय फ्रेन्ड हुनेछ ।”

विक्कीसँगको सम्बन्धका बारे के भन्नु हुन्छ भन्ने प्रश्नमा उनले थपिन्, “उती बेला सँगै काम गरेकाले र चलचित्रको प्रमोशनमा हिँड्नु परेकोले अरुलाई त्यस्तो लागेको होला तर हामी बीच केही छैन । अहिले हाम्रो फोनमा कुरा नभएको पनि महिनौ भईसकेको तर नागबेलीको सुटिङ सेटमा केही दिन अगाडि भेट भएको थियो । अहिले मैले चाहेर पनि उसलाई साथीको हैसियतले भेट्न सक्दिन किनकी म आफ्नै काममा व्यस्त छु ।” यस्तो अभिव्यक्ती दिदै गर्दा सुरभीले फेरी पनि मिडियामा आफ्नो बर्चस्व राख्नकै लागि यो बिधी अपनाएकी त होईनन् भन्ने कुरा आउनु पनि स्वभाविक हुन्छ ।

वास्तविकता के हो विक्की र सुरभीलाई नै थाहा होला । चलचित्र समयमा मौसमी मल्ल पुत्र विक्की र सुरभीलाई मौसमीले नै ब्रेक दिएकी हुन् । सुरभी अहिले आफ्नै पहिचान बनाउने क्रममा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu