पूजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’ ट्रेलरमा प्रेम र वियोग



सुदर्शन थापाको निर्देशनमा तयार भएको लभस्टोरी चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको ट्रेलरमा तीन पात्र (पूजा शर्मा, सोनम तोप्देन र आकाश श्रेष्ठ) को प्रेम जीवनमा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा प्रेमिल र वियोगान्त संवादलाई विशेष प्राथमिकता दिइएको छ ।

भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा पूजा, सोनम र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । चलचित्रका लागि पूजा शर्माले सोनमलाई रोजेकी हुन् ।

एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । सौरभ लामाको छायांकन, अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu