झोरमा सडक निर्माण कार्यले टोखा-छहरे सडकखण्ड अवरुद्ध



झोर,कात्तिक २१ । टोखा-छहरे सडकखण्डको झोरमा सडक निर्माण कार्यले यातायात अवरुद्ध भएको छ। शुक्रबारदेखि सुरु भएको कल्भर्ट तथा हिमपाइप बिच्छ्याउने कार्यले टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको स्थानीय युवा दिपेन्द्र लामिछानेले बताए।

टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार मुल सडकखण्डमा हिमपाइप बिच्छ्याउदा सडक अवरुद्ध भएपनि केही समयका लागि मालुङ जहाँनिया गाउँ फाँटदेखि सिमाचाैर सडक अथवा सिमाचाैर ,तार्केश्वर १ ,बिहानि चाेक सडककाे वैकल्पिक मार्ग हुँदै मुल सडक प्रयाेग गर्न सकिनेछ।

यस वर्ष वडा नम्बर १ को झोर खोलामा निर्माण थालिएको कल्भर्ट,साईडवाल ,ग्याभिङ ज्याली भर्न वडाले करिब १७ लाख खर्चिदैछ। वर्षायाममा बाढी र भलले दुख दिएकाले हिउँदमा यसको उपयुक्त  व्यवस्थापनका लागि निर्माण कार्य अगाडि बढाएको टोखा नगरपालिकाले जनाएको छ।

वडा नम्बर १ कार्यालयले सकभर २ वा ३ दिनमा  एकतर्फि गाडी गुडने बनाउन ठेकेदारसंग परामर्श गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्