एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा



काठमाडौं । इटालियन क्लब एसी मिलान १६ वर्षपछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।

मंगलबार राति भएको क्वाटर फाइनलको दोस्रो लेगमा नेपोलीसँग बराबरीको खेलेको भएपनि समग्रमा २–१ को जित निकाल्दै मिलान सेमिफाइनलमा प्रवेश गरेको हो । खेल नेपोलीको घरेलु मैदानमा भएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए ।

दुवै इटालियन क्लबको रोमाञ्चारी खेलमा दुवै पक्षले गोल गर्ने प्रयास गरे पनि सकिरहेका थिएनन् । तर खेल सकिनै लाग्दा ९० औं मिनेटमा नेपोलीको भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तर, यसअघि भएको खेलमा एसी मिलानले १–० को अन्तरले बिजयी भएको हुदाँ सेमिफाइनल यात्राका लागि एक गोलको एडभान्टेज लिने मौका पायो । जुन एडभान्टेजले उसलाई सेमिफाइनलमा प्रवेश गरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा नेपाली क्रिकेट टोलीलाई गैरआवासीय नेपाली सङ्घको स्वागत

टेक्सास (अमेरिका) । आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई

म्याग्दीको दग्नाममा ४० लाख खर्चेर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता

जर्मन क्लब डर्टमुण्डलाई पराजित गर्दै रियललाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकालाई

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्लास्तरीय