अर्थमन्त्रीलाई भेटेर अमेरिकी राजदूतले भने-एमसीसी र युएसएडमार्फत अनुदान थप्न तयार छौं



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो ।

कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा महत र राजदूत थम्पसन्बीच छलफल भएको मन्त्री डा महतले बताए । मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको तथा नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा महतले बताए ।

अर्थमन्त्री डा महतले भने, “नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको छ, अहिले पनि आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ ।” भेटका क्रममा अमेरिकी सरकारको अनुदान सहयोगका लागि मन्त्री डा महतले राजदूत थम्पसन्लाई धन्यवाद दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नाट्टा’ को अध्यक्षमा दुई जनाको उम्मेदवारी

  काठमाडौँ  । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा दुई

उद्योग वाणिज्य महासङ्घद्वारा स्टार्टअप नीतिको स्वागत

काठमाडौँ । सरकारले स्टार्टअप नीति, २०८१ पारित गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घले खुसी

एकीकृत समाजवादीले छाड्यो मधेस सरकार

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार भूमी

शान्ति सम्झौताको १८ वर्षसम्म द्वन्द्वपीडितलाई न्याय दिनेगरी किन भएन काम ?

काठमाडौं ।   नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले बजेटमा सङ्क्रमणलकालीन न्याय र सङ्घीयताको सबलीकरणसम्बन्धी