नयाँ वर्षमा चार चलचित्र



काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन ।

वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

यसमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, केकी अधिकारीलगायतले अभिनय गरेका छन् । “प्रेमकथा कै निरन्तरता पाउनु हनेछ । दर्शककै मायाले छैटौँ शृङ्खलासम्म आइपुगेका छौँ । यसपटक द्वन्द्व पनि छ । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ”, निर्देशक आचार्यले भने ।

सोही मितिमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शन हुँदैछ । लिम्बुसमुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, रेखा लिम्बुलगायतले अभिनय गरेका छन् ।

सोही मितिमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, वृद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गरेका छन् । प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नको लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ । “निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यहिरूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि ?”, अभिनेता राईले भने ।

यस्तै, वैशाख १ मै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाईएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका छन् । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयम् निर्माता विष्टले अभिनय गरेका छन् । नयाँ वर्षलाई लक्षित गर्दै चार चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताए ।

“एकसाथ यसरी चलचित्र प्रदर्शन हुनाले सबैलाई घाटा गर्छ । विदालाई लक्षित गर्दै दुईसम्म चलचित्र प्रदर्शन हुनु सामान्य मानिन्छ”, वितरक श्रेष्ठले भने, “यसबारे सम्बन्धित संस्थाले सोच्नै पर्छ । यहिक्रम रहने हो भने आगामी दिन झनै मुस्किल हुनेछन् ।” चैत महिनामा पहिलो नेपाली चलचित्र ‘प्रेमा’ १७ गते प्रदर्शन भएको छ । यस्तै, चैत २४ मा दुई चलचित्र प्रसाद २ र बहाव प्रदर्शन हुँदैछ । विदेशी चलचित्रबाट जोगिदै र स्वदेशी बिदालाई ध्यान राख्दै प्रदर्शन तय हुँदा चलचित्रको भीडभाड मसान्त र नयाँ वर्षमा बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

  काठमाडौँ  । चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् ।

चेपाङको कथामा बन्यो ‘पचेडा’

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित नयाँबस्तीमा बसोबास गर्ने चेपाङ समुदायको कथामा वृतचित्र

‘पूर्ण बहादुरको सारङ्गी’ को छायाँकन रुम्जाटारबाट सुरु

काठमाडौं । ओखलढुङ्गाको रुम्जाटारबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायाँकन सुरु भएको छ ।

यस्तो छ ‘सतीदेवी’को टिजर

काठमाडौं । लक्ष्मण सुवेदीको तेस्रो निर्देशकीय फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ ।