भारतस्थित बीबीसी कार्यालयमा कर विभागको खानतलासी



बीबीसीका भारतस्थित कार्यालयहरूमा एउटा अनुसन्धानका सिलसिलामा आयकर विभागका अधिकारीहरूले खानतलासी गरेका छन् ।

बीबीसीले बेलायतमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डक्यूमेन्ट्री प्रसारण गरेको केही सातापछि उसका नयाँदिल्ली र मुम्बईस्थित कार्यालयहरूमा खानतलासी गरिएको हो ।

उक्त डक्यूमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिमविरोधी हिंसामा अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो। त्यतिबेला उनी गुजरातका मुख्यमन्त्री थिए । बीबीसीले उसले अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको जनाएको छ ।

उक्त डक्यूमेन्ट्री बेलायतको टेलिभिजनमा मात्र प्रसारण गरिएको भएपनि भारत सरकारले उक्त डक्यूमेन्ट्री अनलाइनमार्फत् मानिसहरूले शेयर गर्न नपाऊन् भनेर रोक्ने प्रयास गरेको थियो ।

गत महिना दिल्लीमा उक्त डक्यूमेन्ट्री हेर्न जम्मा भएका विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले मङ्गलबारको कारबाहीमा ‘हताश मनस्थितिको गन्ध आएको र मोदी सरकार आलोचनाबाट डराएको देखिएको बताएका छन्। सम्पादकहरूको समूह एडिटर्स गिल्ड अफ इन्डियाले आफू खानतलासीको उक्त घटनाबाट गम्भीर रूपमा चिन्तित भएको बताएको छ ।

ब्रिटिश विदेश मन्त्रालयबाट बीबीसीले प्राप्त गरेको उक्त प्रतिवेदनमा गुजरातको धार्मिक दङ्गामा मोदीको भूमिकाहरूबारे प्रश्न उठाइएको छ । त्यसबेला गुजरातमा हिन्दू तीर्थयात्रीहरू रहेको एउटा रेलमा आगलागी हुँदा दर्जनौँको सङ्ख्यामा मानिसहरू मारिएका थिए ।

त्यस घटनाको भोलिपल्ट भड्किएको हिंसामा परेर धेरै मुस्लिमसहित एकहजार जनाभन्दा बढी मानिसको ज्यान गएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोहन चरण माझीद्वारा उडिसा र चन्द्रबाबु नायडूद्वारा आन्ध्र प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण

  मोहन चरण माझीले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उडिसाको पहिलो भारतीय जनता

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी

दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा

कामदार राखिएको क्याम्पमा आगलागी हुँदा कुवेतमा कम्तीमा ४१ जनाको मृत्यु

काठमाडौं । कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा तीनवटै अभियोगमा दोषी ठहर

अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा सङ्घीय बन्दुकको अभियोगमा