क्यालिफोर्नियामा वर्षा र आँधीका कारण जनजीवन प्रभावित



अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ । यहाँ निरन्तर वर्षा र हिमपात भएको छ ।

हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् । क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका विपद् व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार प्राकृतिक प्रकोपमा हालसम्म १९ जनाको ज्यान गएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् । स्थानीय प्रशासनले उद्धारका लागि अभियान चलाएको छ तर निरन्तरको आँधीका कारण नागरिकहरुको उद्धार हुन सकिरहेको छैन ।

राष्ट्रिय मौसम सेवाले आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक उत्तरपश्चिमी क्षेत्रमा थप आँधी आउन सक्ने र यसबाट ठूलो विनाश निम्त्याउन सक्ने अनुमान पनि गरेको छ ।

यहाँको स्थानीय सलिनास नदीमा पानीको सतह खतराको तहमा पुगेको बताइएको छ । नदीमा देखिएको खतरापछि यहाँका उद्धारकर्मीहरुले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

क्यालिफोर्नियाका स्थानीय सञ्चारमाध्यमका अनुसार क्यालिफोर्नियामा आएको बाढीले गत हप्तामा मात्र दुई लाख भन्दा बढी घर र व्यवसायहरूले बिजुली कटौतीको सामना गरेका छन् । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि नै निरन्तरको वर्षाका कारण बाढी र पहिरो समेत आएको छ ।

यसका कारण यहाँका नागरिकले आधारभूत आवश्यकताको पनि जोहो गर्न नसकेको बताइएको छ । अधिकारीहरुले खराब मौसमका कारण बाढी र पहिरोको पनि समस्या देखिएको बताएका छन् ।

जसका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । यहाँका खेती लगाइएका खेतहरु तथा सडकहरू पनि डुबानमा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नरेन्द्र मोदीको गठबन्धन बहुमततर्फ, पहिलाभन्दा कम मत

बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धन जारी मतगणनामा अगाडि बढिरहेको देखिएको छ

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सैन्य सम्झौता निलम्बन गर्ने निर्णय अनुमोदन

दक्षिण कोरियाले मङ्गलबार डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ कोरिया (डीपीआरके) सँग सेप्टेम्बर–१९ मागरेको सैन्य

पाकिस्तानको कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११

भारतको लोकसभा चुनाव परिणामः आधाभन्दा बढी सिटमा एनडिए अगाडि

भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको