श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट



काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छन् ।

श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा श्रीलङ्काका प्रधानमन्त्री गुणबद्र्धनेले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका आफ्ना समकक्षी एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन् ।

शुक्रबार नै उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी भएकी थिइन् । परराष्ट्रमन्त्री पौड्याल आज बिहान सूर्योदयसँगै श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी भइन् । उनले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नेछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बचत रकम अपचलनको आरोपमा स्क्वायर सहकारीका अध्यक्षसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा

जसपा विभाजनसम्बन्धी रिटको अब सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विभाजनसम्बन्धी विवाद सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउन

सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरले गर्या तालाबन्दी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आइतबार चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका

हिन्दी भाषा जनस्तरको सम्बन्ध जोड्ने कडी : उपप्रधानमन्त्री श्रेष्ठ

कीर्तिपुर । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र