बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख महरा पक्राउ



संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आईतबार सांझ महरालाई नियन्त्रणमा लिएको हो । बलात्कारको प्रयास गरेको आरोपमा संसद सचिवालयकी पीडीत कर्मचारीले शुक्रबार महरा विरुद्ध प्रहरीमा जाहेरी दिएकी थिईन् ।

काठमाण्डौ जिल्ला अदालतले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले बालुवाटबाटै महरालाई नियन्त्रणमा लिएको हो ।महराले प्रहरीको गाडीमा जान नमानेपछि उनले यसअघि प्रयोग गर्दे आएको निजी सवारी साधनमा राखेर सिंहदरबार प्रहरी प्रभागमा ल्याईएको हो ।

महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार कारवाही अघि बढाईन प्रहरीले जनाएको छ । महरामाथि असोज १२ गते राती संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।

सुरुमा आफुमाथि दुर्रव्यवहार नभएको भन्दै पीडीत महिलाले बयान फेर्दै आएपनि शुक्रबार भने महराविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो । महराले यस अघि नै सभामुख पदबाट राजीनामा दिईसकका छन् ।

१२ गते रातीको घटना १३ गते सार्वजनिक भएपछि अशोज १४ गते बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ