नेपाली सेनाको स्नाइपर प्रतियोगिता(फोटोफिचर)



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोकको रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा सञ्चालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’ को निरीक्षण गरेका छन् ।

सोही क्रममा उनले ३०० र ५०० मिटर रेञ्जमा स्नाइपर हतियारबाट फायरिङ्ग, ‘फक्स होल’ स्नाइपर मचान तथा विशेष फौज बाहिनी अन्तर्गतका युनिटहरूले प्रदर्शन गरेका विशेष अपरेशनसम्बन्धी कारबाहीको अवलोकन गरेका थिए ।

सो अवसरमा प्रधानसेनापति शर्मालगायत नेपाली सेनाका रथीवृन्दहरूको सहभागितामा पेस्तोलबाट फायरिङ्ग प्रतियोगिता सञ्चालन भएको थियो भने उनीहरूले स्नाइपर तथा अन्य विभिन्न हतियारबाट फायरिङ्ग अभ्याससमेत गरेका थिए । फायरिङ्ग प्रतियोगितामा उत्कृष्ट हुन सफल सकलदर्जालाई प्रधानसेनापति शर्माले पुरस्कार वितरण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्माले आजै नगरकोटस्थित नेपाली सैनिक वार कलेजको निरीक्षण गरेर उक्त वार कलेजको वस्तुस्थिति, तालिम गतिविधिलगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जालाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब छोराछोरीले कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने

भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १०

११ दिनपछि नेपालमा मनसुन भित्रिने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग,

‘लाहुरेको जिल्ला’ को परिचय बनाएको म्याग्दी यसरी बन्दैछ आत्मनिर्भर

गलेश्वर । प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान थालेपछि म्याग्दीको आर्थिक

मुगु र दार्चुलामा यार्सा सङ्कलनमा गएका तीन जनाको मृत्यु

मुगु । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन