समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छः अध्यक्ष नेपाल



गोरखा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।

‘हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दीनदुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको हितको कल्याण गर्ने पार्टी निर्माण गर्नुपर्छ”, उनले भने, ‘यो पवित्र भावले लाग्दाखेरी यो पार्टीको भविष्य रहन्छ ।’

अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको ओइरो लागेको भन्दै आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर देशभर चलिरहेको बताए । ‘नक्कली सोच र विचारले केही हुनेवाला छैन, अबको स्थानीय तहको चुनावले त्यसको फैसला गर्नेछ’, उनले भने, ‘एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेशमा बहुमतको सरकार गठनका लागि शुक्रबारसम्मको समय

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त नगरेपछि मधेश प्रदेश प्रमुख सुमित्रा

मधेसमा ढल्यो जसपा नेतृत्वको सरकार, पाएनन् मुख्यमन्त्री यादवले विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन असफल भएका छन्

मुलुकको विद्यमान सङ्कट समाधानका लागि एमाले निर्णायक शक्ति हुनुपर्छः उपाध्यक्ष पौडेल

लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा

संसदीय छानबिन विशेष समितिद्वारा औपचारिकरुपमा काम सुरु

काठमाडौ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रुपमा आफ्नो