शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी



काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालनय शेर्पालाई जीत दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको ४४औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक गोल नै हिमालयन शेर्पाका लागि निर्णायक गोल सावित भयो ।

खेलको ४२औँ मिनेटमा सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फाउल गरेपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले हिमालन शेर्पालाई पेनाल्टीको अवसर दिएको थियो । जसमा विश्वासले गोल गरे । यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पनि पेनाल्टीको अवसर पाएको थियो । तर सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस जीतसँगै हिमालयन शेर्पाले सात खेलमा ११ अङ्क जोडेको छ । हिमालनय शेर्पा अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । यसअघि हिमालयन शेर्पा नवौँ स्थानमा रहेको थियो । शेर्पाले सातौँ चरणको खेल सकिँदासम्म तीन जीत, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ ।

समान सात खेल नै खेलेको सातदोबाटोको भने आठ अङ्क रहेको छ । पराजित सातदोबाटो अङ्क तालिकाको आठौँ स्थानमा झरेको छ । सात खेलमा सातदोबाटोले दुई खेलमा जीत, तीन खेलमा हार तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रशिक्षणका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलङ्का जाने

  काठमाडौँ ।  पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलङ्काको कोलोम्बो

चौथो ‘रारा ट्रेल रन’को उपाधि राज्य र अक्कललाई

  मुगु । नेपाली सेनाले मुलुकको ठूलो र गहिरो ताल रारामा सञ्चालन गरेको

वर्षाका कारण नेपाल–अमेरिकाबीचको अभ्यास खेल रद्द

  काठमाडौं । आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द

सन्दीपले विश्वकप खेल्न नपाउनुले हामी सबै दुःखी छौं, तर यसमा सहभागी हुन नपाउँदैमा करियर समाप्त हुँदैनः चतुरबहादुर चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आफूहरूले निकै प्रयास गर्दा