प्रधानमन्त्री कप छनौट प्रतियोगितामा बैतडीको विजयी सुरुवात



बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटअन्तर्गत बैतडीले विजयी सुरुवात गरेको छ । शनिबार भएको छनौटको पहिलो खेलमा डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी सुरुवात गरेको हो । बैतडीले दिएको ३४१ रनको विशाल लक्ष्य पन्छाएको डोटी ३२.२ ओभरमा १४१ रनमा समेटियो ।

डोटीका लागि क्रिस ऐरले ३८, हुदय बिठारीले २८, खगेन्द्र जोशीले २३, आयुश खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे । जगदीश चन्दले २, कप्तान रामचन्द र लोकेन्द्र चन्दले १/१ विकेट लिए । त्यसअघि कभर्ड हल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ३५ ओभरमा ५ विकेटको क्षतिमा ३४० रनमा बनायो ।

जसमा दीपक बोहराले शतकीय पारी खेल्दै १११ रन जोडे । गजेन्द्र बोहराले ९० र लोकेन्द्र चन्दले ६४ रन बनाए । डोटीका सविन महराले २, भोजराज भट्ट र रिदम बलायरले १/१ विकेट झारे । बैतडीका दीपक बोहरा म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका आठ टोलीको सहभागिता रहेको छ । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप भलिबलमा एभरेस्ट क्लब विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत मंगलबार

टुँडिखेल, तीनकुने र हाँडिगाउँबाट टी–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गरिने

काठमाडौँ । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल निःशुल्क

टी-२० विश्वकपमा अफगानिस्तानको शानदार जित

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्र्गत आज भएकोे समूह ‘सी’ को खेलमा

नेपाली क्रिकेट टोलीलाई विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई