भारतमा चट्याङ लागेर ३९ जनाको मृत्यु



भारतको जयपुर सहरमा चट्याङका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबारको घटनामा अन्य धेरै जना घाइते भएका छन् । पीडितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला घटना भएको बताइएको छ ।

त्यस बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेका र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ । सन् २००४ यता भारतमा चट्याङका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ ।

एक जना वरिष्ठ प्रहरी अधिकारीले सञ्चारकर्मीहरूलाई बताए अनुसार किल्ला पर्यटकहरू माझ चर्चित छ। उनका अनुसार मृत्यु हुनेमा अधिकांश युवाहरू छन् । राजस्थानका विभिन्न स्थानमा आइतबार नै चट्याङका कारण थप नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले मृत्यु हुनेहरूका परिवारलाई क्षतिपूर्ति बापत ५ लाख रूपैया दिने घोषणा गरेका छन् । भारतको उत्तर प्रदेश राज्यमा पनि चट्याङ लागेर २८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । तीमध्ये १३ जनाको मृत्यु प्रयागराज भनिने स्थानमा भएको बताइएको छ ।

तीव्र वर्षा हुने भारतको मनसुन सामान्यता जून महिनादेखि सेप्टेम्बर महिनासम्म कायम रहन्छ । भारतको मौसम सम्बन्धी विषय हेर्ने निकाय इन्डिएन मेटेरोलोजिकल डिपार्टमेन्टले जलवायु सङ्कट लगायतका विषयका कारण सन् १९६० यता भारतमा चट्याङका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या दोबर भएको जनाएको छ । त्यस्तै १९९० को सुरुवातदेखि मध्यतिरसम्म चट्याङका घटनाहरूमा पनि ३० देखि ४० प्रतिशत वृद्धि भएको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा

  संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलरको नयाँ

इजरायललाई आइसीजेको फैसलाको पालना गर्न अष्ट्रेलियाको आग्रह

  अष्ट्रेलिया सरकारका एक वरिष्ठ मन्त्रीले इजरायललाई दक्षिणी गाजामा सैन्य आक्रमण रोक्न अन्तर्राष्ट्रिय 

अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएको एक दिनपछि इजरायलद्वारा रफाहमा आक्रमण 

  हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसङ्घीय

भारतमा लोकसभा चुनावको छैटौँ चरणमा मतदान सुरु

  जारी लोकसभा चुनावको छैटौँ चरणको मतदान शनिबार बिहान ६ वटा राज्य र