सैनिक ‘कू’ को चार महिनासम्म पनि म्यानमारमा प्रदर्शन जारी,प्रदर्शन रोक्न असफल बन्दै सेना



सत्ता कब्जा गरेको चार महिनापछि पनि म्यानमारको सेना प्रदर्शन रोक्न असफल भएको छ । प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूची सहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ ।

प्रजातन्त्रवादी समर्थकहरू धेरै जिल्लाहरूमा मंगलबार सडकमा उत्रेका छन् । प्रमुख व्यापारिक केन्द्र यान्गुनमा युवा प्रदर्शनकारीहरूको एउटा ठूलो समूहले सेनाविरोधी प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा थुप्रै स्थानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच व्यापक झडप भएको छ । प्रदर्शनकारीमाथि सुरक्षा बलको क्रुर कारबाहीका कारण म्यानमारको सेनाविरुद्ध विश्व समुदायले आलोचना गरिरहेका छन् । यद्यपि म्यानमारको सेनाले आंग सान सुची उहाँको पार्टीका वरिष्ठ नेताहरूलाई अझै रिहा गरेको छैन । जसका कारण देशव्यापी विरोध प्रदर्शन र हड्तालहरू निम्त्याएको थियो ।

म्यानमारको सेनाले गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गत फेब्रुअरी १ मा सत्ता हत्याएको थियो । सैन्य कू भए यता विरोध प्रदर्शनकारीलाई दमन गर्ने क्रममा सयौंको ज्यान गइसकेको छ। यसले कैयौँ वर्षको शान्तिपछि अब उक्त समूह र सेनाबीच तनाव बढ्ने ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इमरान खानकी पत्नी बुशरा बीबीद्वारा सजाय स्थगन गर्न उच्च अदालतमा अपील

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले मुद्दामा आफ्नो सजाय स्थगन गर्न माग

मध्य गाजामा इजरायली हमलामा कम्तिमा ५५ जना प्यालेस्टिनीको मृत्यु

मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा

राहुल गान्धी भारतको विपक्षी दलका नेता मनोनयन

  प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व

साहेलका तीन करोड ८० लाख मानिसलाई सुरक्षा आवश्यक

  जटिल सङ्कटको सामना गर्दै, सेनेगलदेखि इरिट्रियासम्म फैलिएको अफ्रिकाको साहेल क्षेत्रका तीन करोड