कोभिड महामारीबीच भारतमा शक्तिशाली समुद्री तुफान, कम्तीमा २० जनाको मृत्यु



भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका आएका छन् ।

अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा टकराएको छ । कोभिड–१९ का कारण भारतीय अस्पतालहरू थेग्न नसक्ने अवस्थामा पुगेका बेला यो तुफान आएको छ । सोमवार अबेर भारतीय मौसम विभागले गुजरातमा उक्त तुफान बज्रिन लागेको बताएको थियो ।

तुफानको केन्द्रबिन्दु तटसम्म आइपुग्न कैयौँ घण्टा लागेको थियो। कतैकतै हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको थियो । सो क्षेत्रमा बजारिएको यो सन् १९९८ यताकै सबभन्दा शक्तिशाली तुफान हो । गुजरात एवम् छिमेकी महाराष्ट्र राज्य उच्च सतर्कतामा रहेका छन् ।

कोभिडका मामिला दुवै राज्यमा केही समययता घटिरहेका छन्। तर पनि त्यसले पारेका घातक असरहरू अझै अनुभूत भइरहेका छन् । यसबीच महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सयभन्दा धेरै मानिस फसिरहेको र तीमध्ये ३८ जनाको उद्धार गरिएको नौसेनाले शनिवार साँझ बताएको थियो ।

उसले उद्धारका दुईवटा बेग्लाबेग्लै अनुरोधहरूको सुनुवाइ गर्दैछ । एउटा तटभन्दा १७० किलोमिटर पर तेल क्षेत्रमा रहेको बार्जबाट र अर्को तटभन्दा १४ किलोमिटर पर रहेको पानीजहाजबाट उद्धार गरिनुपर्ने बताइएको छ । यसैबीच करिब दुई लाख मानिसलाई तल्ला तटीय क्षेत्रबाट सारेर आश्रयस्थलमा पुर्याइएको छ ।

त्यसो गर्दा आगामी साताहरूमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने चिन्ता गरिएको छ । साथै केन्द्र सरकारले कैयौँ तटीय नगरहरूमा खोप वितरण स्थगन गरेको छ। अस्पतालहरूले पनि थप चुनौती बेहोरेका छन् । सप्ताहान्तमा तुफानका कारण आएका वर्षाले केरला, कर्नाटक एवम् गोआ राज्यमा ६ जनाको ज्यान गएको थियो ।

महाराष्ट्रमा सोमवार थप ६ जनाको ज्यान गएको थियो। घरहरू भत्किएको एवम् बिजुलीको लाइन बिग्रिएको बताइएको छ । सो क्षेत्रमा सन् १९९८ मा आएको तुफानका कारण ४ हजार मानिसको ज्यान गएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालीसँगै विवाह गरेकाहरूले चलाएका कारणले मात्र देशको उत्पात विकास हुने रहेछ त ?

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध दिएको

प्रधानमन्त्री सहभागी कार्यक्रममा पोखरामा सहकारी पीडितको प्रदर्शन

गण्डकी । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रममा सहकारीपीडितले नाराबाजी गर्नुका

ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठको अपमान गरेको भन्दै रास्वपाको आपत्ति

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गरी

महानगर क्षेत्रमा सञ्चालित अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित अस्पतालहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा आफ्नै