प्रतिडोज भारु एक हजारमा भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु



भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।

डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका छन् । भारतमा डा रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी खोप आयात गरिरहेको छ ।

स्पुतनिक भी खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रति डोज ९४८ भारतीय रुपैयाँ तोकेको छ ।

कम्पनीले आगामी दिनमा खोपको संख्या अझ बढाउने जनाएको छ । स्पुतनिक भी खोप भारतमै उत्पादन हुन थालेपछि आपूर्ति पनि बढ्ने कम्पनीको भनाई छ । स्पुतनिक भी खोप भारतमा उत्पादन गर्न छ वटा विभिन्न कम्पनीसँग छलफल चलिरहेको बताइएको छ ।

डा रेड्डीज कम्पनीका सहअध्यक्ष एवं प्रवन्ध निर्देशक जी भी प्रसादले भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या तिब्र रुपमा वृद्धि भइरहेकाले जतिसक्दो चाँडो खोप व्यवस्था गर्न आफूहरुले पनि प्रयास गर्न लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनडीए गठबन्धनले बहुमत पाएसँगै तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी

काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ

प्यालेस्टिनी प्राधिकरणलाई गाजापट्टीको ‘शासन सुनिश्चित गर्न’ दिनुपर्ने म्याक्रोनको भनाई

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग प्यालेस्टिनी प्राधिकरणलाई गाजा पट्टीको ‘शासन

श्रीलङ्कामा मनसुनी आँधीबाट २६ जनाको मृत्यु, सहयोगका लागि सेना परिचालन

  श्रीलङ्कामा भारी मनसुनी वर्षा र पहिरोबाट कम्तीमा २६ जनाको मृत्यु भएको छ

भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, मोदीले जनतालाई दिए धन्यवाद

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडिएले लगातार तेस्रो सरकार बनाउने र यो ‘सबका