प्रधानसेनापति थापाद्वारा नवनिर्मित प्रसूति केन्द्र गाउँपालिकालाई हस्तान्तरण



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक श्रीमती सङ्घका अध्यक्ष दीपा थापाले मकवानपुरको कैलाश गाउँपालिका–८ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन गाउँपालिकाकालाई हस्तान्तरण गरेका छन् ।

सैनिक श्रीमती सङ्घद्वारा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित समारोहमा गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रसूति केन्द्र स्थापना भएसँगै त्यस क्षेत्रका आमा तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने बताउँदै प्रधानसेनापति थापाले संविधानप्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षणका लागि सरकारले लिएका पहलमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा स्थानीय विपन्न घरपरिवारलाई राहतस्वरुप ५०० थान मण्डिसमेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि विरामी लाभान्वित

पर्वत । लामो समयसम्म सामान्य औषधोपचार सेवा प्रवाह हुँदै आएको पर्वत अस्पतालले हालै

बयलपाटा अस्पताल सञ्चालनका लागि थप बजेट दिन सांसद पाण्डेको माग

  काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक

स्वास्थ्य मन्त्रालयले ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को

असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

  काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म