म्यान्मारमा भएको सैनिक दमनको विरोधमा नागरिक अगुवाहरुको प्रदर्शन



काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्र्तराष्ट्रिय समुदाय बोल, लगायत लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए । प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र संग्रौला, डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठक लगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र संग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरु म्यान्मारका नागरिकहरुलाई ऐक्यवद्धता जनाउन सडकमा आएको बताए ।

अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै संग्रौलाले मान्मारका नागरिकले जित्ने पनि बताए । विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रुपमा देखाउन कलाकारहरुले प्रस्तुति पनि देखाएका थिए । म्यानमारमा फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ । त्यसक्रममा ५० भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३