अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय



अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयाघात भएर सख्त बिरामी भएपछि उनका भाइ सइद बौतेलिफाले राज्यका सम्पूर्ण कामकारबाही सम्हालेका थिए ।

सइद बौतेलिफा सहित गुप्तचर निकायका दुई जना पूर्व प्रमुखलाई सुनुवाईका लागि सैनिक अदालतमा पेश गरिएको थियो ।

झण्डै दुई दशक सत्तामा रहेका पूर्व राष्ट्रपति बौतेलिफाको शासनकालमा भएका भ्रष्टाचार र शक्तिको दुरुपयोगका बारेमा हाल अल्जेरियाका विभिन्न अदालतमा मुद्दा चलिरहेका छन् ।

सैनिक अदालतमा सरकारी अभियोजनकर्ताहरुले पूर्व राष्ट्रपतिका भाइ सहित चार जनामाथि २० वर्षसम्मको जेल सजायका लागि माग गरे पनि अदालतले १५ वर्ष कायम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना घोषणा

दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको आज उनको गृहनगरमा अन्त्येष्टि

जुलाई ४ मा बेलायतमा आमनिर्वाचन हुने

बीबीसी । बेलायतमा आगामी ४ जुलाईमा आानिर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि

फिलिपिन्समा दैनिक ५५ नयाँ एचआईभी संक्रमित फेला

  फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) पोजिटिभ केसहरू फेला