कार्यदल गठन टिआरसी टार्ने मेसोः डा. भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण र सशस्त्र आन्दोलनका घाइते, बेपत्ता, आपांग भएकाहरुको परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेकोप्रति व्यंग्य गरेका छन् ।

ट्वीट गर्दै भट्टराईले आफूले उनीहरुका लागि द्वन्दपीडितलाई ५लाख नगद, ५ लाख तामाकोशीमा शेयर र ससम्मान परिचय पत्र, बहिर्गमित लडाकुलाई २ लाख राहत दिने निर्णय किन रोकेको भन्दै प्रश्न गरेका छन् ।

उनले यो कार्यदल गठनलाई नौटंकीको सज्ञा दिएका छन् । भट्टराईले लेखेका छन्, ‘पोहोर मरिन् सासु अहिले आयो आँसु’ ? मेरो पालामा जारी TRC वेपत्ता सम्बन्धी आयोगको अध्यादेश, द्वन्द्वपीडितलाई ५ लाख नगद प्लस ५ लाख तामाकोशीमा शेयर र ससम्मान परिचयपत्र, बहिर्गमित लडाकुलाई २ लाख राहत आदि पछिल्ला सरकारले किन रोकेको ? अहिले गोहीको आँसु चुहाउँदै उधारो समिति गठन ? TRC टार्ने मेसो ?’

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको हो । परराष्ट्रमन्त्री संयोजक रहेको कार्यदलमा अरू मन्त्रीहरू सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झगडा वास्तवमा न्यूरोडको फूटपाथमा होइन, संघीयतामा हो

गणेश कार्की । झगडा देख्दा न्यूरोडको फूटपाथ देखिन्छ । जुधेका महानगर र सडक

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक

टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित

काठमाडौँ । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६

एकीकृत समाजवादीले छाड्यो मधेस सरकार

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार भूमी