नागरिकप्रति उत्तरदायी भई सेवा प्रवाह गर्न एआइजी पालको निर्देशन



काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले आमनागरिकलाई गरिने व्यवहारले नै नागरिकले प्रहरीप्रतिको धारणा बनाउने हुनाले आमनागरिकप्रति उत्तरदायी भई सेवा प्रवाह गर्नु पर्ने बताएका छन् ।

महानगरीय प्रहरी कार्यालयको आयोजनामा शुक्रबार मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै यस्तो बताएका हुन् । उनले आर्थिक अनुशासनमा शून्य सहनशिलतालाई कडाइका साथ पालना गर्न निर्देशन दिए । उनले गलत काम गरेमा आफूले कसैलाई साथ नदिने बताए ।

महिला तथा बालबालिका बृद्ध, फरक क्षमता भएकासँग सम्बन्धित घटनालाई बढी संबेदनशील भई प्राथमिकताका साथ अनुसन्धान गर्न निर्देशन समेत दिए । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ का कारण रोकिएका व्यवसायहरू विस्तारै सुचारू हुँदै गएकाले सुरक्षामा विशेष ध्यान दिन तथा विभिन्न बहानामा अनावश्यक हैरानी नदिन समेत निर्देशन दिए ।

विभिन्न भूमिगत संगठन र समासमायिक राजनीतिक घटनाक्रमका कारण आकस्मिक रुपमा आउन सक्ने सुरक्षा चुनौतीहरूलाई विशेष ध्यान दिदै चुस्त दुरुस्त रुपमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका २० जना एसएसपीको सरुवा(सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा

१६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ सहसचिवको सरुवा(सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको

एसएसपीबाट बढुवा भएका चारजना प्रहरी अधिकृतलाई डिआइजीकोदर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीबाट) पदोन्नति भएका चारजना प्रहरी अधिकृतलाई सोमबार प्रहरी

गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट स्थापना

काठमाडौं । मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको