जि–७ मुलुक सन् २०३० मा कोइला प्रयोगलाई चरणबद्धरूपमा समाप्त गर्न प्रतिबद्ध



 

जि–७ का मुलुकहरूले सन् २०३० को पहिलो ६ महिनामा कोइलालाई चरणबद्ध रूपमा हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हाल इटालेली सहर टुरिनमा दुई दिने बैठकका लागि भेला भएका जी–७ मन्त्रीहरूले जलवायु, ऊर्जा र वातावरणका विषयमा छलफल गरिरहेका छन् ।

सन् २०३० र सन् २०३५ को बीचमा ऊर्जाको स्रोतका रूपमा कोइला हटाउने मिति तय गर्नमा ध्यान केन्द्रित गर्दै उनीहरूले मङ्गलबार आफ्नो प्रतिज्ञालाई अन्तिम रूप दिने अपेक्षा गरिएको इटालेली क्लास सिएनबिसीले रिपोर्ट गरेको छ ।

बेलायतका ऊर्जामन्त्री एन्ड्र्यु बोवीले भने, “हामीसँग सन् २०३० को पहिलो छ महिनामा कोइलालाई चरणबद्ध गर्ने सम्झौता भएको छ ।”

जि–७ मा क्यानाडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, संयुक्त अधिराज्य र जापान समावेश छन् । बैठकहरूमा सामान्यतया युरोपेली सङ्घ (इयु) का शीर्ष अधिकारीहरू उपस्थित हुन्छन् ।

क्लाइमेट एनालिटिक्सको हालैको प्रतिवेदनले यीमध्ये कुनै पनि देशले सन् २०३० का लागि आफ्नो विद्यमान उत्सर्जन लक्ष्यहरू पूरा मार्गमा नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेक्सिकोको राष्ट्रपतिमा शेनबाम निर्वाचित

मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकी छन् । मेक्सिको सिटी निवासी

‘शान्ति शिखर सम्मेलन’मा सहभागी हुनबाट अन्य राष्ट्रलाई रोकेको जेलेन्स्कीको भनाईको चीनद्वारा खण्डन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा हुने युद्धसम्बन्धी प्रस्तावित ‘शान्ति शिखर सम्मेलन’मा सहभागी हुनबाट

यसवर्ष विश्वका वायुसेवा कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने

विश्वका वायुसेवा कम्पनी (एयरलाइन्स) ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने

जापानमा ६ म्याग्निच्युडको भूकम्पको धक्का

जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको जापानको