चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको निधन



 

काठमाडौँ ।  निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा सोमबार दिउँसो काठमाडौँमा निधन भएको छ ।

अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनका निधन भएको भतिज एवं पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिए ।

गीतसङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहेका थिए ।

वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भएपनि छोटकरीमा सिपी लोहनीका नाममा चलचित्र तथा गीतसङ्गीत क्षेत्रमा उनी परिचित थिए । माइतीघर चलचित्रका अभिनेत्री माला सिन्हासँग विवाह गरेका स्वर्गीय लोहनीको एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहेकी पत्रकार लोहनीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत परियोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरूण तेस्रो जलविद्युत परियोजनाको मुख्य सुरुङको मंगलबार

काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत

काठमाडौँ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ ।

यौन दुर्व्यवहारमा मुछिएका हिमाल आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा रोक लगाउन सांसद बजगाईंको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले हिमाल आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा

नवलपरासीमा हुरीले रुख ढलेर किच्दा एकजनाको मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा