इजरायलमा मर्मत गरेर ल्याइयो निगमको जहाज



 

काठमाडौँ । नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ ।

इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनले भने, “उक्त जहाजको एउटा इञ्जिनमा प्राविधिक समस्या आएपछि इजरायलस्थित नियमानुसार छनोट भएको मर्मत र मर्मत सङ्गठन (एमआरओ) मा मर्मत गराइएको थियो । मर्मतपश्चात् जहाज शनिबार साँझ काठमाडौँ आइपुगेको छ ।”

“मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुका अतिरिक्त इञ्जिनभित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इञ्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदनअनुसार बजारमा सोसँग सम्बन्धित पार्टपुर्जाहरुको अभाव भएकाले मर्मतसम्भार कार्यमा केही ढिलाइ हुन पुगेको हो”, प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उक्त कार्यमा इजरायलस्थित नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयका लागि निगमले आभार प्रकट गर्दछ । जहाजको इञ्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भगवानपाउमा टिपरको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर

कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

  कर्णाली । कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको

केरामा देखिएको रोग नियन्त्रण गर्न कैलालीका किसानको माग

टीकापुर । कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न माग गरेका

यस्तो छ दलहरुबीच संसदीय छानबिन समिति गठनमा भएको चार बुँदे सहमति(पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत रकम अपचलन छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको कार्यादलमा