फ्रान्सद्वारा ओलम्पिकअघि पेरिस स्क्वाटबाट सयौँ आप्रवासी निष्कासित



 

फ्रान्सेली अधिकारीहरूले ओलम्पिक सुरु हुनुअघि मात्र एक सय दिनअघि बुधबार पेरिसको दक्षिणी उपनगरमा बस्ने सयौँ आप्रवासीहरूलाई निष्कासन गरेका छन् । उनीहरूलाई फ्रान्सका अन्य स्थानमा जानका लागि बसमा चढ्नका लागि प्रोत्साहित गरिएको छ ।

च्यारिटी संस्थाहरूले अधिकारीहरूमाथि जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिक खेललाई राम्रो देखाउन फ्रान्सेली राजधानीबाट घरबारविहीन मानिसलाई हटाउने कोसिस गरेको आरोप लगाएका छन् ।

उनीहरूको सहयोगका लागि आएका गैर–सरकारी सङ्गठनहरूका अनुसार भिट्री–सुर–सिनमा परित्याग गरिएको कार्यालय भवन चार सय ५० आप्रवासीहरूको घर थियो । उनीहरूमध्ये अधिकांशले दस्तावेजीकरण गरेको भए पनि सामाजिक आवासको प्रतीक्षा गरिरहेका थिए ।

अधिकारीहरूले आगामी निष्कासनको घोषणा गरेपछि साताको प्रारम्भमा धेरै मानिसले उक्त भवन छाडेका थिए । आफ्नो सामान ब्याग, सुटकेस तथा ट्रलीमा भरेर बुधबार बिहान दङ्गा गियरमा प्रहरीको निगरानीमा आगामी कदमबारे चिन्तित देखिएका करिब तीन सय मानिस शान्तपूर्वक बसेका थिए । अधिकांश युवा पुरुषहरू थिए तर बच्चाहरूसहित धेरै जवान आमा पनि भीडमा थिए ।

एक–एक गरेर प्लास्टिक फोल्डरमा कागजात समातेर उनीहरू टेबल पछाडि बसेका अध्यागमन अधिकारीहरूसमक्ष टुटे फुटेको फ्रेन्च तथा अङ्ग्रेजी भाषामा आफ्नो अवस्था बुझाउन पुगेका थिए । उनीहरूलाई केन्द्रीय सहर अर्लियन्स वा दक्षिणपश्चिमी सहर बोर्डोसम्म लैजानका लागि बाहिर बसहरू प्रतीक्षामा थिए ।

यद्यपि धेरै मानिसले पेरिस छाड्न नचाहेको बताएका छन् । सुडानका २९ वर्षीय अबाकरले भने, “म यहीँ बस्न चाहन्छु ।” उनले लजिस्टिक कोर्स गर्नका लागि आफू पेरिसमा रहेको र एउटा सुपरमार्केटमा आफूलाई नोकरी दिने वाचा गरिएको बताए ।

एउटा टेबलमा एक महिला अधिकारीले अर्का युवकलाई बोर्डोमा आफ्नो भाग्य कोर्नका लागि मनाउने प्रयास गरिरहेका थिए । “तपाईंलाई थाहा छ फ्रान्समा पेरिस मात्र छैन, बोर्डो राम्रो छ, यो यहाँभन्दा तातो छ”, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय

  रुसको एक अदालतले मङ्गलबार ७७ वर्षीय एक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको

सिङ्गापुर एयरलाइन्सको विमान दुर्घटनामा एकजनाको मृत्यु

  सिङ्गापुर एयरलाइन्सको बोइङ ७७७ को लन्डनबाट आउने विमानमा गम्भीर गडबडी भएर मङ्गलबार

चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

  चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान