१३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने मगर पक्राउ



 

काठमाडौँ ।  नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिए । “खाजा घरमा डरमा पारी राखेको अवस्थामा बालिकालाई उद्धार गरेर मगरलाई पक्राउ गरेका हौँ,” उनले भने ।

प्रहरीले पक्राउ मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाँै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक फुयाँलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित

म्याग्दी। पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण

बालेनको कदम अराजक भएको सडक डिभिजनको ठहर, प्रतिकार गर्ने चेतावनी

काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै

कालीगण्डकीमा शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताको नयाँ प्रयास सुरु

गण्डकी । कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ

कालीगण्डकी नदीमा बन्यो युनिक मोटरेवल पुल

डुम्रे ।  तनहुँको घिरिङ गाउँपालिका- १ र पाल्पाको रामपुर नगरपालिका- १ स्थित कालीगण्डकी