१४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु



काठमाडौं । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

राष्ट्रपति पौडेलसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले ओलम्पियन देवु थापालाई रनिङ शिल्ड टर्च हस्तान्तरण गरेपछि प्रतियोगिता शुभारम्भ भएको हो ।

यो प्रतियोगितामा यसअघि सातै प्रदेशमा भएका प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनोट भएर आएका विभिन्न विधाका ६ सय ८६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।  बिहीबारसम्म चल्ने प्रतियोगितामा ६ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रत्येक खेलको हरेक स्पर्धामा व्यक्तिगततर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै, टिम स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई जनही २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने छ । सर्वाधिक स्वर्ण पदकसहित टिम च्याम्पियन बन्ने टिमले रनिङ शिल्ड प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको

टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि