धिर बुढालाई जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि



जुम्ला ।  जुम्ला रारा अल्ट्रा म्याराथन  प्रतियोगिता उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा कनकासुन्दरी गाउँपालिका– १ का धिर बुढा पहिलो भएको आयोजकले जनाएको छ ।
कर्णाली स्पोर्टस् क्लव जुम्लाद्वारा आयोजित पाँचौं संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथनमा दोस्रो स्थानमा तातोपानी गाउँपालिका–७ का दल कुवर भएका छन् भने कनकासुन्दरी–३ का शेरबहादुर बुढा तेस्रो र कनकासुन्दरी–२ का चन्द रावत चौथो भएको आयोजक क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
सोही दूरीको महिलातर्फको दौडमा भने खोटाङकी प्रिया राई पहिलो, जुम्लाको गुठिचौर गाउँपालिकी राज्यलक्ष्मी रावत दोस्रो, तिला गाउँपालिकाकी अनिता बुढा तेस्रो भइन् ।
पहिलो हुने धावकलाई  एक लाख, दोस्रो हुनेलाई   ७५ हजार, तेस्रो हुनेलाई ५० हजार, चौथो हुनेलाई  २० हजार र पाँचौँ हुनेलाई  २० हजारपुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।
म्याराथनमा स्वदेशी र विदेशी गरी ८० धावकहरु सहभागी थिए । जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी, ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता भएको  क्लबले जनाएको छ ।
विश्वभर खेल पर्यटनलाई चिनाउनका लागि र कर्णाली प्रदेशलाई खेलका माध्यमबाट परिचित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको कर्णाली स्पोर्टस् क्लबले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टि–२० विश्वकपमा बंगलादेशलाई चार रनले पराजित गर्दै दक्षिण अफ्रिका विजयी

काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे कर्णालीका मुख्यमन्त्रीसँग छलफल

कर्णाली । युवा तथा खेलकुद विकासमन्त्री विराजभक्त श्रेष्ठ र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल

नेपाली क्रिकेटलाई बदनाम गर्न संघकै केही सदस्य लागिपरे, कानुनी उपचार खोज्छौंः पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटलाई बदनाम

भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न क्रिकेटप्रेमीलाई सन्दीपको आग्रह

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न