लोग्नेस्वास्नी बीच झगडा किन पर्छ ?



डा. गोविन्दशरण उपाध्याय ।
कलियुगमा सबैभन्दा लोग्नेस्वास्नीबीच झगडा हुने छन् भन्ने प्राचीन वैदिक पुराणहरूको भविष्यवाणी छ (दम्पतीनाम् च कल्कनम) इन्टरनेटमा खोज्यो भने धेरै कारणहरू लेखिएको पाइन्छ । प्राचीन वैदिक पुराणहरूमा पनि यस विषयमा चर्चा गरिएको छ । पद्मपुराणको उत्तरखण्डमा निम्न कारणहरू उदृत गरिएको छः

१. कूट भाषिणः जब कुनै लोग्ने वा स्वास्नी एकअर्कालाई केही तत्थ्य लुकाउन द्वीअर्थी वा घुमाउरो कुरा गर्न थाल्छन् । क्रमशः एकअर्काप्रति विश्वास गुम्दै जान्छ । विश्वास गुम्नुको अर्थ–शङ्का बढ्दै जानु पनि हो । निश्चय नै आज पनि एकआपसमा कूटनैतिक भाषाको प्रयोग गर्ने लोग्नेस्वास्नी बीच झगडा हुने बढी नै सम्भावना हुन्छ ।

२. तरुणी प्रभूताः यदि पत्नीमा आवश्यकता भन्दा बढी ‘लोग्नेमा अधिकार’को भावना वा ‘सम्पत्ति’मा एकाधिकारको महत्व दिने स्वभाव छ र ‘घर केवल मेरो खटनमा चल्नु पर्छ’ भन्ने स्वभाव छ भने झगडा पर्छ । ठीक यसैगरी लोग्नेका विषयमा पनि बुझ्नु पर्छ ।

३. श्यालको बुद्धिदायकः यदि स्वास्नीमा आफ्नो माइतीप्रति बढी नै विश्वास गर्ने, माइतीको मात्र सल्लाहलाई “सल्लाह ठान्ने“ आफ्ना लोग्नेको परिवारलाई तुच्छ ठान्ने प्रवृत्ति छ भने लोग्नेस्वास्नी विच झगडा हुन्छ । यदि लोग्नेले पत्नीका आमावुवा वा दाजुभाईको अपमान गर्छन् भने ‘लोग्नेस्वास्नी’को सम्बन्ध विग्रन्छ । आजको मितिमा पनि यस्ता केसहरू थुप्रै आउँछन् ।

४. कामिन्य केशशूलिन्यः पति होस् वा पत्नी यदि केवल आफ्नो फेसनलाई मात्र महत्व दिन्छन्, सधैं केश–प्रसाधनमा रमाउँछन् भने पनि लोग्नेस्वास्नी बीच झगडा हुन्छ ।

५. यसैगरी एकआपसमा असत्य बोल्ने, पवित्रता र स्वच्छतामा ध्यान नदिने, एकआपसमा दयाहीन हुने, केवल आफ्नो स्वार्थमात्र हेर्ने, धनसम्पत्तिका लागि मरिमेट्ने, एकआपसमा पाखण्डीपन देखाउने, धनसम्पत्तिका लागि आफ्नी छोराछोरीसम्म बेच्न तयार हुने दम्पतिहरू एकआपसमा झगडा गर्छन् ।

६. उपर्युक्त कारणहरू भन्दा पनि सबैभन्दा ठूलो झगडाको जडचाहिँ लोग्नेस्वास्नीले एकआपसमा ‘लोभ’गर्दा हुन्छ भनिएको छ । यदि लोग्नेस्वास्नीले एकअर्काको भरणपोषणका सवालमा ‘लोभ’गर्छन् भने त्यसले लोग्नेस्वास्नीकाबीच झगडा हुन्छ । त्यसैले गरीव होस् वा धनि, लोग्नेस्वास्नीले एकआपसमा व्यबहार गर्दा ‘लोभ’लाई त्याग्नुपर्छ ।

यसबाहेक प्रसिद्ध कामसूत्रमा थुप्रैथरिका कारणहरूले गर्दा ‘लोग्नेस्वास्नी विच झगडापर्छ’ भन्दै त्यस्ता व्यवहारसँग जोगिने उपायहरू पनि सुझाइएको छ । कामसूत्रलाई ‘सेक्स–सूत्र’ बनाएर बदनाम गर्नेलाई वैदिक संस्कृतिले कहिल्यै पनि क्षमा गर्न सक्दैन । आजको समयमा पनि लोग्नेस्वास्नीका बीचमा झगडाको प्रमुख कारणहरू मध्ये उपर्युक्त कारकहरू पर्याप्त छन् । श्रीमद्भागवत महात्म्यको पहिलो अध्यायले उल्लेख गरेका “झगडाका बीऊ“हरूसँग हरेक लोग्नेस्वास्नी सचेत हुँदा दाम्पत्य सुखमय बित्छ ।
…………………
नोटः विदेशीहरूको आर्थिक सहयोगमा चल्ने केही एनजिओहरूले ‘लोग्नेस्वास्नी’ शब्द र यसको प्रयोगलाई अनुचित ठान्छन् । नेपाली जनजीब्रोमा रहेका र सबैले सजिलोसँग बुझ्ने ‘लोग्नस्वास्नी’ नेपाली भाषाको सबैले प्रयोग गर्न मिल्ने शब्द हो । हसबेण्ड र वाइफ शब्द भन्दा धेरै सभ्य शब्द हो । भुक्नेलाई भुक्न दिनुस्, हामी आफ्ना शब्दहरूप्रति स्वामित्व ग्रहण गरौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद अवरोधबारे प्रधानमन्त्रीसँग राष्ट्रपतिको चासो

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

कांग्रेस नसच्चिए कम्युनिष्टहरुले यो व्यवस्था नै खारेज गरिदिन्छन् !

शारदाप्रसाद त्रिताल । नेपाली कांग्रेस ‘प्रचण्डांग्रेस’ को आवरणबाट बाहिर आउन लागेको जस्तो त

सम्पर्कमा नरहेका १९ कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । सम्पर्कमा नरहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन प्रहरी प्रधान

भिरमा मह काढेको दृश्य छायांकन गर्न म्याग्दी पुग्यो नेसनल जियोग्राफीको टोली

म्याग्दी ।  भिर महको निकालेको दृश्य छायांकन गर्न नेसनल जियोग्राफीको टोलीसहित स्पेन र